दफा १९
निकासी वा पैठारी गर्न मनाही भएका मालसामानको सम्बन्धमा कारबाही गर्ने
: प्रचलित कानून बमोजिम नेपाल ………… बाहिर वा भित्र निकासी वा पैठारी गर्न मनाही भएको कुनै मालसामान हुलाकबाट निकासी पैठारी हुन लागेको छ भन्ने शंका लागेमा त्यस्ता मालसामान वा डाँक नै रोक्का राखी सो कुराको तलासी लिने वा लिन लगाउने अधिकार नेपाल सरकारबाट अधिकारप्राप्त अधिकारीलाई हुनेछ । तलासीबाट प्राप्त भएको निकासी वा पैठारी गर्न मनाही भएको त्यस्तो मालसामान आवश्यक कानूनी कारवाहीको लागि प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीसमक्ष बुझाइदिनुपर्नेछ ।